जल/वातावरण

मनमोहन मेमोरियल मेडिकल कलेजबाट कोरोना सङ्क्रमितको उपचार शुरु

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल दहचोकले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि ३३३ शै्यया निर्माण गरी उपचार शुरु गरेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढेसँगै मनमोहन अस्पताल दहचोकले सरकारको आग्रहअनुसार कोभिड–१९ का बिरामीको उपचार शुरु गरेको हो ।

अस्पतालका अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पछिल्लो समय उपत्यकामा कोरोना सङ्क्रमित बढेसँगै उनीहरुको उपचारका लागि यही भदौ २ गतेदेखि ३३३ शै्यया निर्माण गरी कोरोनाका बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।

“कोरोनाको महामारीमा सरकारलाई अप्ठ्यारो परेको बेलामा यसको उपचार र नियन्त्रणका लागि सहज पुर्याउने उद्दश्यले बन्दै गरेको अस्पताल सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्धारा दहचोकमा निर्माण गरिएको भवन ६० कोठाको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडबाट सञ्चालित मनमोहन अस्पताल स्वयम्भुले हालसम्म गरेको पिसिआर परीक्षणमा ६८ जनाको रिपोर्ट पोजेटिभ आएको र सबैको अवस्था सामान्य रहेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.