जापान

राजेन्द्र श्रेष्ठको नेतृत्वमा कानागावा नेपाली कम्यूनिटी

कानागावा नेपाली कम्यूनिटीको तेस्रो अधिवेशन सर्वसम्मतिबाट राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गर्दै सोमवार सम्पन्न भएको छ ।

१८ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमकान्त कँडेल, उपाध्यक्षहरूमा गणेशजंग राणा, भीष्मविक्रम थापा, टीकाराम कँडेल र राजेन्द्र अर्याल, महासचिवमा सुशील तिवारी, कोषाध्यक्षमा सुरेश कसी। र सह(सचिवमा रूद्रलाल कँडेल ‘रामु’ चयन हुनु भएको छ ।

यसै गरी सदस्यहरूमा सुदीप लम्साल, राजकुमार श्रेष्ठ, सचिन केसी,भरत देवकोटा, विष्णु थापा क्षेत्री र नारायणप्रसाद कँडेललाई छनौट गरेको निर्वाचन समितिका संयोजक प्रकाश पौडेल ‘माइला’ ले जानकारी दिनुभयो ।

संयोजक पौडेलका अनुसार, सो अधिवेशनले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष १ जनाको पद थप गरी ३ जना उपाध्यक्षबाट ४ जना रहने ब्यवस्था गरेको छ भने सदस्य ३ जनाको चयन भने कार्यसमितिले पछि गर्नेछ । निर्वाचन समितिमा पौडेलसंगै सदस्यमा लोकनाथ वस्ती र बाबुराम भण्डारी रहनुभएको थियो ।

सो अधिवेशनको समापन समारोहमा कानागावा नेपाली कम्यूनिटीका संरक्षक जिज्ञानकुमार थापा,गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक सहसंयोजक ददीवल खड्का, नेपाली व्यापार संघ जापानका अध्यक्ष विजय थकाली, चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठ, दोलखा समाज जापानका अध्यक्ष महेश खड्का, संचारकर्मी तथा व्यवसायी दिनेशकुमार थपलिया, निर्वाचन समितिका संयोजक र सदस्यहरूले नवगठित कार्यसमितिलाई बधाईसहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा निवर्तमान हुँदै गरेका कानागावा नेपाली कम्यूनिटीका अध्यक्ष डोलराज सापकोटा ‘हरि’ ले जापानमा रहेका नेपालीहरूको एउटा अलग्गै के पहिचानसहितको क्रियाशील नेपाली समुदायिक संगठन बनाउन विभिन्न कठिनाईका बावजुदपनि सबैको सरसहयोगबाट सफलता हासिल गर्न सकिएकोमा खुशी ब्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र श्रेष्ठले संस्थाको साखलाई कायम राख्दै अझै ऊर्जाशील बनाई राख्नका लागि आफू क्रियाशील भई रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.