अर्थ

स्वीस बैंकमा नेपालीको ४६ अर्ब रुपैयाँ, सरकार मौन

नेपाल आर्थिक रुपमा संकटमा पर्दै गएका विवरणहरु सार्वजनिक भैरहँदा नेपालीहरुको झण्डै आधा खर्ब रुपैयाँ स्वीस बैंकमा भएको समाचार बाहिरिएको छ ।

पूर्व अर्थमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले ट्वीट गर्दै सन् २०२० सम्म स्वीस बैंकमा नेपालीहरुको ४६ अर्ब६४ करोड रकम जम्मा भएको जानकारी दिनुभएको हो ।

डा. लोहनी नेपालीहरुले स्वीस बैंकमा रकम जम्मा गर्न थालेको २० वर्षको तथ्यांक केलाउँदै यस अवधिमा १५ गुणाले बढेको पनि खुलासा गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ- “स्वीस बैंकले सार्वजनिक गरेको विवरणअनुसार नेपाली धनी र ठालुहरुको स्वीस बैंकमा २००१ मा ३ अर्ब ५८ करोड रुपयाँ थियो । २०१० सम्म आइपुग्दा यो रकम बढेर १२ अर्ब ५५ करोड पुग्यो भने २०२० सम्म यो रकम ४६ अर्ब ६४ करोड पुग्यो यसलाई भन्छन अग्रगामी प्रगति !”

त्यसो त नेपालीको कालो धन ओसारपसारमा पनि व्यापकता आउन थालेका रिपोर्टह हरेक वर्ष सार्वजनिक भैरहेका छन् । मुलुकमा यति ठूलो परिमाणको रकम विदेशी बैंकमा जम्मा हुँदा सरकार किन मौन छ भन्ने प्रश्न भने अनुत्तरित छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.