कला/मनोरन्जनजापान

दिपेन्द्रको मामा भान्जी बिचको ममता झल्काउने गित सार्बजनिक (भिडियो)

जापानमा बस्दै आएका दीपेन्द्र अधिकारीले प्रारम्भिक दिनहरुमा विभिन्न लेख रचनाहरु लेख्दै आएको भएता पनि पछिल्ला दिनहरुमा उनी निकै उत्साहजनक तरिकाले गीति विधामा कलम चलाईरहेका छन् । केही समय अगाडि समग्र पोखराको वर्णन गर्दै `मनमोहक पोखरा´ बोलको गीति भिडिओ सार्वजनिक गरेका दीपेन्द्रेले अहिले मामाभाञ्जीको आत्मियताको विषयमा लेखेको `चुलबुल चुलबुल मेरी भाञ्जी´ बोलको गीति भिडिओ सार्वजनिक गरेका छन् ।

गीतकार दीपेन्द्र अधिकारीको शब्द सृजना रहेको यस गीतमा चर्चित सङ्गीतकार वसन्त सापकोटाको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन र भ्वाइस अफ नेपालबाट चर्चामा आएका बलबहादुर राजबंशी र भ्वाइस अफ किड्सबाट चर्चामा आएकी बाल गायिका टेरेशा बिश्वकर्माको स्वर रहेको छ । यो संभवत मामाभाञ्जीको विषयमा लेखेर युगल रूपमा गाइएको पहिलो गीत हो ।

सर्जक दीपेन्द्रका अनुसार यो गीत उनले आफ्नै भाञ्जीको नृत्य र अभिनय मोहलाई देखेर उनकै लागि लेखेका हुन् । हाम्रो नेपाली समाजमा मामाभाञ्जीको सम्बन्ध अत्यन्तै निकट छ । `कि आमा कि मामा´ भन्ने त चलन नै छ । गीतकार दीपेन्द्रले आफ्नी भाञ्जीलाई प्रतिनिधिमूलक पात्र बनाएर मामाभाञ्जीको आत्मियतालाई गीत मार्फत दर्शाएका छन् । स्कुल छुट्टी होस् अथवा चाडपर्व आओस् बच्चाहरु सबैभन्दा पहिला जान खोज्ने भनेकै मामाघर हो । यो परिपाटी शहरमा भन्दा गाउँमा अलि बढि छ । भाञ्जाभाञ्जीहरु आमा र बुबालाई राख्न नसकेका मागहरु मामासँग सजिलै राख्न सक्छन् ।

भिडिओमा शहरमा भाञ्जीको र शहरको नजिकैको काँठ गाउँमा मामाको घर देखाईएको छ । शहर र गाउँको मिश्रित दृष्य र चालचलन देखाईएको भिडिओ हेर्दा कथानक चलचित्र हेरेजस्तो आभाष हुन्छ । गाउँको चौतारोदेखि शहरको बालउद्यान र अत्याधुनिक विधालयसम्म देखाईएको यो भिडिओ आफैंमा मसालेदार छ ।

उत्तम हुमागाईँको छायाङ्कन, निशान घिमिरेको सम्पादन र रोहन नेपालीको निर्देशन रहेको यस भिडिओमा महेश खड्का, आस्था पौडेल, नारायण अधिकारी, स्वराज अधिकारी, घनश्याम जोशी, विमला अधिकारी देवकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.