जन सरोकार

सप्तरीमा प्रहरी र तस्करबीच झडप, तीनजना घाइते

सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र प्रहरीबीच आज झडप भएको छ । स्थानीय घुरन साहको घरमा अवैधरुपमा कपडा लुकाइछिपाइ राखेको समान बरामद गर्ने क्रममा झडप भएको प्रहरीको भनाइ छ ।

तस्करी गरेर ल्याइएको समान घरमा राखेको अवस्थामा खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पु¥याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि झडप भएको बुझिएको छ । सो झडपमा परेर प्रहरी र केही स्थानीयवासी घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेका छन् । स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुडा गर्दा तीन प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.