जन सरोकार

चितवनमा मिटरब्याज पीडितका १६ उजुरी

जिल्ला प्रशासन कार्यालय चितवनमा १६ वटा मिटरब्याजबाट पीडितको उजुरी परेको छ । गृह मन्त्रालयले उजुरी सङ्कलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र ती उजुरी दर्ता भएका हुन् ।

कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ ५ गतेसम्म ती उजुरी परेका हुन् । उजुरीको बारेमा जाँचबुझ भइरहेको उहाँले जानकारी दिनुभयो ।

मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिकरूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृङ्खलाले सयौँ परिवार विचल्ली भएको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन गरेको थियो । सोही निर्देशनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार प्रशासनमा परेका निवेदनका आधारमा सरोकारवाला दुवै पक्षलाई बोलाएर छलफल गरिने छ । छलफलमा सहमति नभए कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने बताउनुभयो ।

कारबाहीका लागि प्रहरीकोमा पठाएसँगै गृह मन्त्रालयमा समेत सिफारिस गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बंैकिङ कसुर र मुलुकी अपराध संहिताअनुसार मुद्दा चल्छ ।” चलनचल्तीको भन्दा बढी बयाज लिन नपाइने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.