जल/वातावरण

२४ घण्टामा ७ सय ४३ जना संक्रमित थपिए- ८ जनाको मृत्यु


नेपालमा वितेको २४ घण्टामा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । यसै गरी यस अवधिमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।
त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ ।
डा. गौतमका अनुसार विगत २४ घण्टामा थपिएका ७ सय ४३ जना सहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । यसबीचमा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् ।
हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ । विगत २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.