जल/वातावरण

काठमाडौं उपत्यकामा थपिए २ सय २४ जना संक्रमित

काठममार्डौ उपत्यकामा सोमबार २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । वितेको २४ घण्टामा गरिएको पिसिआ परीक्षणबाट सो संख्याका संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौं जिल्लामा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेका छन् ।

उपत्यकामा संक्रमण बढ्न थालेपछि जारी गरिएको निषेधाज्ञाका समयमा पनि आवाजत जावत गर्ने, लुकिछिमी भीडभाड हुने स्थलहरु खुला गर्ने गर्दा संक्रमण सोचेजस्तो कम हुन सकेको छैन । विशेष गरी तरकारी बजार, सैलुन जस्ता क्षेत्रबाट संक्रमण फैलिएको पाइन्छ ।

केही दिनअघि मात्र काठमाडौंको काँडाघारीमा एक सैलुन संचालकमा कोरोना पुष्टि भएको थियो । उनमा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी भैरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.