जापान

डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय उपाध्यक्षमा यसअघि केन्द्रीय सदस्य रहनुभएका जापानका सफल व्यवसायी डोलप्रसाद अर्याल नियुक्त हुनुभएको छ ।

भदौ ६ गते सोमबार पाटी सभापति रवी लामिछानेको सभापतित्वमा बसेको बैठकले केन्द्रीय सदस्य रहनुभएका अर्यालर्लाइ उपसभापतिमा नियुक्त गरेको हो ।

त्यसै गरी बैठकले केन्द्रीय सदस्य गीता रेग्मीको राजीनामा स्वीकृत गरेको छ भने डा. मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटलाई सहमहामन्त्री र बसुमाया तामाङलाई सहकोषाध्यक्ष नियुक्त गरेको छ ।

त्यस्तै बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ भने गणेश पराजुलीको संयोजकत्वमा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुसंग सहकार्य गर्न वार्ता समिति गठन गरिएको छ ।

बैठकले आम जनताको दैनिकीमा सहयोग गर्ने उद्देश्यले केन्द्रीय सदस्य अधिवक्ता सोबिना गौतमको संयोजकत्वमा र्यापिड एक्सन टीम गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.