राजनीति

प्रतिनिधिसभाको रिक्तताको परिकल्पना संविधानमा छैन : गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताउनुभयो ।

महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिनुभयो । अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका समस्याको सामना गर्न आन्तरिकरूपमा स्थिरता र स्थायित्व जरुरी रहेको उहाँको भनाइ थियो ।

उहाँले आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक/दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.