जन सरोकार

यसरी भत्काइयो न्यूरोडमा बनेका अनधिकृत संरचनाहरु

काठमाडौँ महानगरपालिकाभित्र नक्सा पास एकथरि गरेर अर्कोथरि संरचना बनाउने तथा अनधिृकत निमाण भएका त्यस्ता संरचनाहरु भत्काउन सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहसहितको टोलीले बुधबार न्यूरोड क्षेत्रमा बनेका मल तथा डिपार्टमेन्टल स्टेरहरुका अनधिकृत संरचना भत्काएको छ ।

संरचना हटाइएपछि पीडित व्यापारीले आफूहरु मर्कामा परेको बताएपछि मेयर साहले जसले गैरकानुनी संरचनामा भाडामा लगायो उसले नै क्षतिपूर्ति दिनुपर्ने बताउँदै व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिनुभएको थियो ।

त्यस्तै मेयर बालेनसंग न्यूरोडमा स्थानीयले सडकमा बेच्न राखेको पानीपुरीसहितका पसल समेत हटाउन माग गरे । जवाफमा मेयर बालेनले त्यसबारे सूचना दिन आग्रह गर्नुभएको छ ।

न्यूरोड क्षेत्रपछि महानगरको अर्को निशाना दरबारमार्ग र त्यसपछि कोटेश्वर हुँदै क्रमैसंग काठमाडौंका व्यस्त क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउने अभियान चल्ने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.