अर्थकृषि

भारतले नेपालमा गहुँ निर्यातमा लगाएको प्रतिबन्ध हट्ने विश्वास

भारतले गत वैशाव ३० गतेदेखि लगाएको नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध चाँडै हट्ने विश्वास नेपाल मैदा उद्योग संघले गरेको छ । नेपालमा ३.५ लाख टन गहुँ आन्तरिक उत्पादनबाट परिपूर्ति हुन्छ भने बाँकी आयात गर्नु पर्ने बाध्यता रहेको छ ।

नेपालमा ३६ वटा मैदा मिल संचालनमा रहेकोले चालु आर्थिक बर्षको लागि लगभग १० लाख टन गहुँ आवश्यक पर्ने र घरेलु उत्पादनले मात्र माग धान्न नसकेकोले भारतबाट आयात गर्नु पर्ने बाध्यता छ ।

सघका अध्यक्ष कुमुद दुगडको नेतृत्वमा उद्योग बाणिज्य सचिवसमक्ष गएको गएको प्रतिनिधी मण्डलले भारत सरकारले लगाएको कारण देशका मैदा उद्योगहरुले भोग्नु परेको समस्या अवगत गराउँदै प्रतिबन्ध चाँडै हट्ने विश्वास गरेको बैठकपछि संघका महासचिव राधेश्याम अग्रवालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकपछि अध्यक्ष दुगडले लगभग सरकारले थालेको प्रक्रिया अनुसार अब १५ देखि २० दिनमा नेपालमा गहुँ आउने देखिएकोले स्वदेशी मैदा उद्योग सुचारु संचालन हुने भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.