जन सरोकार

निहारिकाको पक्षमा फैसला- शिवराजको डिएनए परीक्षण गर्न आदेश

कुमारी आमा निहारिका राजपूतको मागको सम्बोधन नभएको छ । जिल्ला अदालत धनुषाले आरोपीलाई सफाई दिए पनि उच्च अदालत जनकपुर आरोपित र शिशुको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले निहारिका राजपुतको माग बमोजिम उनको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो ।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा राखेको छ । श्रेष्ठले डीएनए परीक्षण गर्न आफू तयार रहेको बताउँदै आएका छन् ।

निहारिकाले डिएनए परीक्षणको माग गर्दै अनशन गर्दैआएको र सरकारसंग भएको सहमति कार्यान्वयन नभएपछि दुई साता अघि राष्ट्रपति भवन अगाड आत्मदाहको प्रयास गरेकी थिइन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.