स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न अध्यक्ष केसीको माग

पछिल्ला समय देशका विभिन्न ठाउँमा चिकित्सकमाथि दुव्र्यवहारका समाचार आइरहेका बेला राष्ट्रिय जनमोर्चाले कोरोना महामारीमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी सो माग गर्नुभएको हो ।
अध्यक्ष केसीले विज्ञप्तिमा कोरोना रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सकारात्मक मान्दै यसमा सबैको साथ र समर्थन आवश्यक हुने भएकाले चिकित्सकमाथिको दुव्र्यवहारको विरोध गर्दै कारबाहीको माग गर्नुभएको हो ।
“स्वास्थ्यकर्मीलाई डेरा, होटल तथा टोलमा बस्न नदिने र उनीहरुमाथि दुव्र्यवहार गर्ने कुरा सही होइन । त्यसको हामी विरोध गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “त्यस प्रकारको व्यवहार गर्नेलाई कारबाही हुनुपर्दछ । स्वास्थ्यकर्मीलाई त्यस प्रकारको व्यवहारबाट रक्षा गर्न र चुनौतीपूर्ण घडीमा पनि उनीहरुको सेवाको कदर गर्दै आवश्यक सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछौँ ।”
विज्ञप्तिमा मुलुकको राष्ट्रिय झण्डा जलाएर साम्प्रदायिक सद्भाव बिथोल्न खोज्नेलाई पनि कारबाहीको माग गरिएको छ ।