जल/वातावरण

गोकर्ण प्राथमिक अस्पतालका सबै कन्ट्याक ट्रेसिङमा, अस्पताल बन्द

काठमाडौंको गोकणेश्वर नगरपालिकाद्वारा संचालित गोकर्ण प्राथमिक अस्पताल तीन दिनका लागि बन्द भएको छ । अस्पतालका कर्मचारी कोरोना भाइरस संक्रमितको सम्पर्कमा रहेका कारण पिसिआर परीक्षण गर्नु परेकाले अस्पताल बन्द भएको हो ।

नगरपालिकाले मंगलबार एक सूचना सार्वजनिक गरी नगरपालिका अन्तर्गतको यस अस्पतालका कर्मचारीहरुको पिसिआर गर्नुपर्ने भएकाले भदौ १० गतेदेखि १२ गतेसम्म अस्पताल बन्द रहने जानकारी दिएको हो ।

सूचनामा अस्पतालका कर्मचारी कन्ट्याक ट्रेसिङमा परेका कारण अस्पताल परिसरमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउनु परेकाले बन्द गर्नुपरेको बताइएको छ । सो अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीमध्ये कसलाई कोरोना संक्रमण भएको थियो भन्नेबारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.