खेल

राष्ट्रिय क्रिकेट खेलाडीले पाउनेछन् तलब वापत ५ लाख ४० हजारदेखि ३ लाखसम्म

क्रिकेट

लामो समयदेखि तलब नपाएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०१९ को तलब उपलब्ध गराउने लगभग पक्का भएको छ । केही दिन अघि क्यानले २३ खेलाडी र एक भिडियो विश्लेषकसहित २४ जनाको नाम तलबका लागि पठाएको थियो ।

समाचार अनुसार तलबका लागि आइसीसीले सबै प्रक्रिया पुरा गरेर पठाइसकेको छ । आइसीसीले अगष्ट २८ तारिखमा खेलाडीको तलवको फन्ड रिलिज गर्ने बताइएको छ । अब यो साताको अन्तिम वा ढिलोमा अर्को साताको मंगलबारसम्म खेलाडीले १२ महिनाको तलव पाउनेछन ।

नेपाल क्रिकेट संघ अस्तित्वमा आएपछि आइसीसीले क्यानको मार्फत नै २०१९ को तलव पठाउने भएको छ । क्यानले २०१९ को अन्तिममा आइसीसीलाई सबै ग्रेडमा खेलाडीको तलव १० हजार बढाउन आग्रह गरेको थियो । जुन आइसीसीले सहजै स्विकार गरेको थियो । अब खेलाडीले यसअघि पाउँदै आएको तलवमा १० हजार बढि पाउनेछन ।

यसको अर्थ ए श्रेणीमा रहेका खेलाडीले ३५ हजारको सट्टा ४५ हजार पाउनेछन भने बी श्रेणीको खेलाडीले २५ को सट्टा ३५ हजार पाउनेछन । यस्तै सी ग्रेडको खेलाडीले १५ हजारको सट्टा २५ हजार पाउनेछ ।

२०१९ मा बर्गिकरण गरिएको श्रेणी अनुसार ए मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी छन । उनीहरुले आइसीसीबाट आउने एक बर्षको तलवबाट जनही पाँच लाख ४० हजार रुपैयाँ पाउनेछन ।

त्यस्तै बी श्रेणीमा रहेका ललित भण्डारी, रोहित पौडेल, करण केसी, ललित राजवंशी, आरिफ शेख, अनिलकुमार शाहले जनही ४ लाख २० हजार पाउनेछ भने सी ग्रेडमा रहेका सागर पुन, सुवास खकुरेल, दिलिप नाथ, सुनील धमला, प्रदिप ऐरी, विनोद भण्डारी सुशन भारीले बढको सहित १२ महिनाको तीन लाख रुपैयाँ पाउनेछन ।

राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भए अघिल्लो वर्षको तलब

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.