राजनीति

१७ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिश, सिडिओहरु 'माथी'को आदेशको पर्खाइमा

राजधानी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखहरुको बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । बैठकको सिफारिशलाई गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट अनुमोदन गरेपछि निषेधाज्ञा थपका घोषणा गरिनेछ ।

मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले यस्तो सिफारिस गरेको हो । बुधबारबाट निषेधाज्ञाको अवधि सकिंदैछ ।

मंगलबार दिउसोको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् । जिल्ला प्रशासन काठमाडौंका एक अधिकारीका अनुसार गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.