जन सरोकार

कीर्तिपुरमा पनि सुरु भो मापदण्ड विपरीतका संरचना भत्काउन

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेका संरचना भत्काउन सुरु गरेलगत्तै नजिकैको काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ ।

बिहिबार कीर्तिपुर नगरपालिकाले वडा नम्बर १० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ । नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा अनधिकृत रुपमा बनाइएको संरचनाहरु भत्काएको हो ।

नगरपालिकाका मेयर राजकुमार नकर्मीका अनुसार पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइएपछि भत्काइएको हो ।

मेयर नकर्मीले सार्वजनिक जग्गामा संरचना नबनाउन, मापदण्ड विपरीत र नक्सा पास नगरी भौतिक संरचना नबनाउन अनुरोध गरिएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.