जन सरोकार

अल्फबिटामा चल्यो महानगरको डोजर

राजधानी काठमाडौंको ठूलो समस्याका रुपमा रहेका धनी र हुनेखाने तथा शक्तिशालीहरुले बनाएका अवैध संरचनामा सरकारी निकायले हात हाल्नै नसक्नु हो ।

तर, यतिबेला काठमाडौंमा बनेका यस्ता अवैध संरचनामा महानगरपालिकाको डोजर चल्न थालेको छ । अवैध र गैरकानुनी रुपमा बनाइएको संरचना हटाउन ३५ दिने सूचना जारी गरेको महानगरको आग्रहलाई अटेर गरेपछि मेयर बालेन्द्र साह अहिले त्यस्ता संरचना भत्काउने अभियानमा लाग्नुभएको छ ।

दैनिकजसो अवैध संरचना भत्कारहेको महानगरले बिहिबार नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर चलाएको छ ।

मेयर साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमन गर्दै ल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गर्नुभएको थियो । तर, अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए ।

मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए । विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगे ।

अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई सुनेन र अवैध रुपमा हालेको सटर हटाएको छ ।

संरचना भत्काउनु अघि भवनका प्रतिनिधिले आफूहरुले नक्सा अनुसार काम गरेको दावी गरेपछि मेयर साहले नक्सा देखाउन भने, तर उनीहरुले आफूहरुसंग नक्सा नभएको र महानगरमै हुनुपर्ने बताएपछि केहीबेर विवाद भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.