जन सरोकारस्वास्थ्य

चार सय ४४ सङ्क्रमित, तीनको मृत्यु

कोरोना भाइरसको सङ्क्रमण आज चार सय ४४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार नौ सय ५४ परीक्षणमध्ये चार सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार एक सय ९९ पुगेको छ । आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई तीन सय सात जना घर फर्किएका छन् । आजै कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको निधन भएको छ ।

अहिलेसम्म ११ हजार नौ सय ९८ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् ।

सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, मुगु र जाजरकोट रहेका छन् । होम आइसोलेशनमा चार हजार २६, संस्थागत आइसोलेशनमा एक सय ७३, सघन उपचार कक्षमा ५० र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा पाँच हजार पाँच सय ९७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.