जल/वातावरण

बुधबार काठमाडौंमा मात्रै थपिए २ सय ३० जना संक्रमित

कोरोेना भाइरस संक्रमणबाट राजधानी काठमाडौं आक्रान्त बन्दै गएको छ । यहाँ दिनप्रतिदिन संक्रमित बढिरहेने क्रममा बुधबार २ सय ३० जना थपिएका छन् भने उपत्यकाको तीन जिल्लामा गरी ३ सय १ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यससँगै र काठमाडौंमा कुल संक्रमितको संख्या ३ हजार १८१ पुगेको छ ।

त्यसै गरी देशभर८ सय ८५ कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम ८८५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा ३८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा भाइरसबाट सङ्क्रमित हुने ३४ हजार ४१८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा १३ हजार २५३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । हाल १४ हजार ७३९ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.