राजनीति

लोसपाले प्रदेश र स्थानीय तहमा स्वघोषणा गराउने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने भएको छ ।

निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको लोसपाको आज भएको कार्यकारिणी समितिको पहिलो बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बदलिँदो परिस्थितिमा जनतामा कसरी जाने भन्ने विषयमा कार्यनीति र रणनीति बनाउनेबारे छलफल भएको छ । सङ्गठन संरचना कुन प्रक्रियाबाट अघि बढाउनेबारे पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा दल दर्ता हुनेबित्तिकै २१ दिनभित्रमा प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउनुपर्छ । “स्थानीय तहको लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यका लागि प्रादेशिक निर्वाचन कार्यालयमा एउटा अनुसूचीअनुसार बनाउनुपर्ने हुन्छ, त्यो काम शुरु भइसकेको छ”, कार्यकारिणी समिति सदस्य झाले भन्नुभयो ।

यसैबीच लोसपाले बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा झण्डोत्तोलन गर्ने भएको छ । उक्त कार्यक्रम शुक्रबार अपराह्न ३ बजेका लागि तय गरिएको छ । झण्डोत्तोलनपछि कार्यकारिणी समितिको बैठकलाई निरन्तरता दिइने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.