क्रिकेटखेल

केन्याबिरुद्धको पहिलो खेलमा नेपालको सुखद सुरुवात

केन्या भ्रमणमा रहेको नेपालले पाँच टी–२० सिरिजको पहिलो खेलमा सुखद सुरुवात गरेको छ । बिहिबार केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले हरायो ।

केन्याले दिएको एक सय ३१ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९।२ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३३ रन जोड्दै पूरा गरेको थियो ।

नेपालको सहज जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाउनुभयो । आरिफ शेखले अविजित २४, ज्ञानेन्द्र मल्लले २३, आसिफ शेखले १९ र रोहित पौडेलले १३ रन बनाउनुभयो । बलिङमा केन्याका लुकास ओलुओच र भिराज पटेलले दुई दुई तथा नेहिमिहाले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो । केन्याका लागि इफरान करिमले सर्वाधिक ३४ रन बनाउनुभयो । लुकास अलुओचले ३१, नेल्सन ओढीयाम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाउनुभयो ।

बलिङमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले तीन विकेट लिनुभयो । कप्तान सन्दीप लामिछानेले दुई तथा आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो । यससँगै नेपालका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरले पनि जितबाट नेपालको डेब्यु गर्नुभएको छ ।

पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले दोस्रो खेल शुक्रबार खेल्नेछ । नेपालले भदौं १२, १३ र १४ गते टी–२० खेल खेल्नेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.