राजनीति

विवाह गरेर आउनेलाई नागरिकता दिने समयसीमा आवश्यक छैन

नेपालमा विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता दिन निश्चित समयसीमा राख्नुपर्ने माग भैरहेका बेला गृहमन्त्री बालकृष्ण खाँणले वैवाहिक अंगीकृत नागरिकता दिँदा समयावधि राख्न आवश्यक नरहेको बताउनुभएको छ ।

गृहमन्त्री खाँणले अहिले समयावधि नराखी नागरिकता दिँदा राष्ट्रको अस्मितामा आँच पुग्ने भनी दुस्प्रचार गरेर भ्रम सिर्जना गर्ने काम भएको छ बताउँदै नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान २००९ सालदेखि चलिआएको पनि बताउनुभयो ।

उहाँले नेपालको संविधान २०१९ को दोस्रो संशोधन २०३२ सालदेखि तेस्रो संशोधन २०३७ हुनु अघिसम्म बाहेक हालसम्म निरन्तरता पाएको उल्लेख गर्नुभयो ।

त्यस्तै गृहमन्त्री खाँणले सञ्चारकर्मीलाई वितरित गरेको विज्ञप्तिमा भनिएको छ, केपी शर्मा ओली प्रधानमन्त्रीकालमा ३ वर्ष ५ महिनासम्म दुई तिहाईको सरकारले संविधानको प्रावधान अनुरुप नागरिकता ऐन ल्याउन पनि सकेन र बैवाहिक अंगिकृतको हकमा समायवधि पनि नराखेकोा जनाइएको छ ।

यस्तै उनले ओली सरकारले अध्यादेश ल्याउँदा पनि वैवाहिक अंगीकृतको हकमा नेपाल नागरिकता ऐन २०६३ को व्यवस्थालाई निरन्तरता दिई समयावधिको व्यवस्था नगरिएको बताउँदै अहिले वैवाहिक अंगीकृतलाई नागरिकता दिँदा निश्चित समयावधि तोक्नुपर्ने, नतोक्दा राष्ट्रियता नै खतरामा पर्छ भन्नु दुष्प्रचार मात्र भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.