राजनीति

विकासमा दलहरु नै अबरोध रहेको पूर्वमन्त्री झाँक्रीको खुलासा

पूर्व शहरी विकास मन्त्री रामकुमार झाँक्रीले आफूले शहरी विकासका लागि अघि बढ्न खोज्दा दलीय दवावले रोकिनुपरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई अघि बढ्न सुझाव दिनुभएको छ ।

काठमाडौंमा अनधिकृत रुपमा बनाइएका भौतिक संरचना हटाउन दिएको ३५ दिने सूचना अटेर गरेपछि केही दिनयता मेयर बालेन डोजर लिएर आफैं त्यस्ता संरचना भत्काउन अघि सरेका छन् ।

बालेनको यो कदमको स्वागत गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका नेता समेत रहनुभएका पूर्व मन्त्री झाँक्रीले मेयर साहलाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह पनि गर्नुभएको छ ।

शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह अपडेट गर्दै नेता झाँक्रीले मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गर्दै अनधिकृत संरचनामा डोजर लगाउने मेयर साहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि पनि प्रस्तुत गर्नुभएको छ ।

झाँक्रीले यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने हुनुपर्ने सुझाव दिंदै लेख्नुभएको छ ‘मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएइसकेको थिएँ, निर्वाचन आएकोले नगरौं भन्ने दवाव आयो र स्थगन गर्न पर्‍यो ।’

आफू मन्त्री रहँदा मेयर साहसँग बसेर केही योजना बनाएको स्मरण पनि गर्दै उहाँले ‘सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ, मलाई जस्तो दलीय दवाव मेयर बालेनजीलाई हुँदैन ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.