राजनीति

बालेनकै पदचाप पछ्याउँदै धेरै सपुतहरु थपिनेछन् : राजा ज्ञानेन्द्र

काठमाडौंभित्र सत्ता र शक्तिको आडमा नक्सा विपरीत आम सर्वसाधारणलाई सकस पार्ने गरी निर्माण भएका अवैध संरचना हटाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमको सर्वत्र स्वागत भैरहेको छ ।

राजनीतिक तहबाट केही व्यक्तिले मात्र बालेनको कदमको स्वागत गर्दै अरु मौन बसेका बेला पूर्व राजा ज्ञानेन्द्र शाहले बालेनको कदमको स्वागत र समर्थन गर्नुभएको छ ।

राजा ज्ञानेन्द्रले ट्वीट गर्दै लेख्नुभएको छ- “देश निर्माणको सुरुवातका निमित्त एकैजना सपुत काफी छन् । हामीलाई विश्वास छ, तत्पश्चात उनैको पदचाप पछ्याउँदै बहुसंख्यक सपुतहरु थपिंदै जानेछन् ।”

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.