जन सरोकार

सरकारी कार्यालयममा पनि महानगरको पञ्जा

राहदानी विभाग त्रिपुरेश्वरको अन्डरग्राउण्ड खाली, आइतबारदेखि नै पार्किङका लागि उपयोग हुने

केही दिनयता काठमाडौंका ठूला भवनहरुमा बनेका पार्किङ स्थलहरुलाई व्यापारिक प्रयोजनमा उपयोग गरिएपछि भत्काउन सुरु गरेको काठमाडौं महानगरपालिकाले शुक्रबार राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयको अन्डरग्राउण्ड खाली गराएको छ।

महानगरको टोली शुक्रबार त्यहाँ गएर पार्किङ क्षेत्रमा राखिएका कुर्चीसहितका सामग्री हटाएका हुन् । पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्नका लागि कुर्ची राखेको थियो ।

महानगरले पार्किङका लागि बनाइएको संरचनाको प्रयोग त्यसकै लागि गर्नु पर्ने जनाएको छ । राहदानी विभागको पार्किङ अन्य प्रयोजनमा उपयोग भएपछि सेवाग्राहीका सवारीसाधन सडकमै वा वाग्मती किनारमा राख्ने गरिएको छ ।

यसबीच राहदानी विभागले आइतबारदेखि विभागको भवनको बेसमेन्ट मा राहदानी लिन आउनेहरुका लागि प्रतिक्षास्थलका रुपमा उपयोग भैरहेकोमा भदौ १२ गते आइतबारदेखि पार्किङ स्थलकै रुपमा प्रयोग हुने सार्वजनिक सूचना जारी गरेको छ ।

प्रतिक्षास्थलमा पार्किङ नै हुने भएपछि विभागले राहदानी लिने सम्बन्धित व्यक्ति मात्र उपस्थित हुन अनुरोध गरेको छ ।

त्यसै गरी राहदानी आवेदनका लागि आवेदकहरु फाराममा तोकिएको मिति र समयममा मात्र आउन र राहदानी तयार भएका सेवाग्राहीहरु गेट नं २ बाट मात्र प्रवेश गर्न अनुरोध गरेको छ ।

यसै गरी विभागले राहदानी सम्बन्धी सेवाका लागि विभागमा आउँदा आवश्यक अवस्थामा बाहेक समबन्धित आवेदक मात्र आउन र विभाग बाहिरको सडकमा अनावश्यक भीडभाड नगर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.