क्रिकेटखेल

केन्यासंग नेपाल १८ रनले पराजित

केन्या र नेपालको पाँच टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको दोस्रो खेलमा नेपाल १८ रनले पराजित भएको छ । यसअघि विजयी भएको नेपाल आज पराजित भएसंगै खेल बराबर भएको छ ।

शुक्रबार भएको खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृंखला १-१ को बराबरी गरेको छ ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । रोहित पौडेल र आदिल आलमले २०(२० र पवन सर्राफले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको ब्याटिङ सुरुवात फेरि एक पटक राम्रो हुन सकेन । ओपनर आसिफ शेख तेस्रो र ज्ञानेन्द्र मल्ल चौथो ओभरमा आउट भएपछि नेपालले ११ रनमै २ विकेट गुमाएको थियो । त्यसपछि पवन र रोहितले इनिङ्सलाई अघि बढाए ।

तर नेपालले नवौँदेखि ११औं ओभरमा सम्म लगातार तीन विकेट गुमायो । पवन नवौं ओभरमा, दीपेन्द्र सिंह ऐरी (३ रन) दशौँ ओभरमा र रोहित ११औं ओभरमा आउट भएपछि नेपाल ५९-५ को स्थितीमा पुगेको थियो ।

त्यसपछि आरिफ शेखले आदिल बलमले नेपालको इनिङ्सलाई आक्रमक रुपमा अघि बढाएका थिए । तर आदिल १६औं ओभरमा २० रन बनाएर आउट भए आरिफ शेख १७औं ओभरमा रनआउट भए भने करण केसी अर्को ओभरमा ठुलो सट हान्ने चक्करमा आउट भए ।

कप्तान सन्दीप लामिछाने ८ रन बनाएर १९ औं ओभरमा आउट भए । केन्याका एमाननुएल बुण्डी, लुकास ओलुच र भिराज पटेलले २-२ विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.