जन सरोकार

प्रहरीमा कोरोना जोखिम अभियुक्तबाट : हत्या आरोपी पक्राउ गर्दा २२ जना संक्रमित

मुलुकमा कोरोनाा संक्रमणका कारण एकातिर शहरमा निषेधाज्ञा पालना गराउन खट्नुपर्ने र अर्कोतिर अपराध नियन्त्रण तथा कानुनी कारबाहीमा सक्रिय प्रहरीमा पक्राउ परेका अपराधीबाट संक्रमण फैलिएको पुष्टि भएको छ । समाचार अनुसार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण एक हत्या आरोपीबाट भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो । त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो ।

घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका अधिकारीहरुको पनि स्वाब संकलन गरिए पनि सबैको रिपोर्ट नेगेटिभ आएको एसएसपी दीपक थापाले बताउनुभयो ।

त्यस्तै जनसेवा प्रहरी वृत्त र ट्राफिकमा कार्यरत २० जना प्रहरीमा पनि हालै कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांशलाई प्रहरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.