जल/वातावरण

काठमाडौंमा मात्रै भेटिए २ सय ७० जना संक्रमित, देशभर थपिए १ हजार १ सय ११ जना

बिहिबार काठमाडौं उपत्यकामा ३ सय ७७ सहित देशभरमा १ हजार, १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । बिहिबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनुभएको हो ।

बिहिबार पछिल्लो २४ घण्टामा थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ३५ हजार पाँच सय २९ पुगेको छ । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बिहिबार सबैभन्दा बढी काठमाडौं जिल्लामा थपिएका छन् । यहाँ २ सय ७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये १ सय ८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५ सय ६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.