जन सरोकार

सर्वोत्तम स्टिलमा विष्फोट, १५ जना घाइते, सातजना गम्भीर

औद्योगिक नगरी वीरगञ्जमा रहेको एक उद्योगमा बिस्फोट हुँदा १५ जना घाइते भएका छन् । घाइते हुनेमा एक नेपाली र अन्य भारतीय मजदूर रहेका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ ।

बम विस्फोट

समाचार अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा रहेको सर्वोत्तम स्टिल प्रालिमा विस्फोट भएको हो । बिहीबार मध्यान्ह पौने १ बजे भठ्टी विस्फोट भई भएको आगलागीबाट भएको क्षतिको यकिन विवरण भने आइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार उद्योगको ग्याँस प्लान्टमा फलाम पगाल्ने भठ्ठीमा ग्याँस लिक भई भठ्ठी विस्फोट भई आगलागी हुँदा कामदारहरु घाईते भएका हुन् ।

घाईते हुनेमा बारा जिल्ला छातापिपराका २२ वर्षीय टिँकु दास र अन्य घाईते भएका भारतीय नागरिकहरुमा भारत विहारका ५२ वर्षीय विनोद पाण्डे , २१ वर्षीय दिपक कुमार , विहारको दरभंगाका १८ वर्षीय रविकुमार दास, विहारको छपराका २२ वर्षीय अवधेश कुमार यादव २२ वर्षीय निकुकुमार यादव , उत्तर प्रदेश लखनउका ५२ वर्षीय सन्तोष कुशवाह , २० वर्षीय सुशिल कुमार , ३७ वर्षीय मानस परिदा , ३० वर्षीय रामपुकार यादव , युपीकै ३८ वर्षीय चिँकु दास , १८ वर्षीय अमरनाथ सहनी , गगन नायक , भारतको खुशीनगरका ३५ वर्षीय धिरु सहनी र भारत सिवानका ३० वर्षीय अरुण कुमार रहेका छन् ।

घाईतेहरु मध्ये विनोद पाण्डे , सन्तोष कुशवाह , सुशिल कुमार , मानसा परिदा , रामपुकार यादव, टिँकु दास र गगन नायकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।

गम्भिर घाईतेहरुको टाउको सहित शरीरको अधिकांश अंग जलेको र वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्र, वडा प्रहरी कार्यालय श्रीपुर, जिल्ला प्रहरी कार्यालयका प्रहरीहरु, शसस्त्र प्रहरी तथा स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.