जन सरोकारस्वास्थ्य

कोरोना अपडेट : दुई हजार ६५ जनामा सङक्रमण, २५ जनाको मृत्यु

आज एकै दिन दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित ३७ हजार ५९९ रहेका छन् । त्यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएका जिल्ला २० रहेका छन् । सो अवधिमा एक हजार ३३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख आठ हजार २३० निको भई घर फर्किएका हुन् ।

सङ्क्रमणबाट विगत २४ घण्टामा २५ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ६६३ को सङ्क्रमणबाट निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३५९।४ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ६२२ सघन उपचार कक्ष ९आइसियु०, १७१ भेन्टिलेटर, ३४ हजार ६७३ होम आइसोलेसन, दुई हजार ९२३ संस्थागत आइसोलेसन र ३३७ सङ्क्रमित क्वारेन्टिनमा छन् । एकैदिन आज एक लाख ७९ हजार ८६५ ले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५० लाख ६३ हजार ५२२ ले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्णमात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.