जन सरोकार

कुशमा छ यतिबिधि अद्भूत शक्ति

आज कुशे औंशी, घरघरमा कुश भित्र्याइन्छ । देव तथा पितृकार्यमा अनिवार्य रुपमा प्रयोग हुने कुश केवल कर्मकाण्ड पूरा गर्ने एउटा औपचारिकताको सारदाम मात्र नभएर यसको व्रह्माण्डीय सम्बन्ध पनि छ ।

बहुऔषधीय वनस्पति हुनुका साथै यसमा हुने चुम्बकीय शक्तिले मानिसको रक्षार्थ धेरै काम गर्दछ । कुशबाट हुने अनेक फाइदा धार्मिक हिसावबाट मात्र हैन वैज्ञानिक तत्वहरुबाट पनि प्रमाणित भैसकेको छ ।

कुशमा अनेक शक्ति छ भन्ने कुरा वैज्ञानिकहरुले पत्ता लगाइसकेका कारण यसको महत्व आजभोलि अरु बढेको छ, यो केवल हिन्दुहरुले देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने रुढीवादी परम्परा नभएर यसको प्रयोगले मानिसमा हुने सकारात्मक प्रभावबारे पनि प्रकाश भएको छ ।

हिन्दू धर्मावलम्बीहरुका लागि कुशलाई हरेक कार्यका लागि अनिवार्य एवं पवित्र वस्तु मानिन्छ । वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको ठूलो महत्व बताइएको छ । आयुर्वेदिक उपचारमा पनि कुशको ठूलो महत्व छ ।

तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधि बनाइन्छ । कुशको प्रयोग दाद, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ ।

कुश रोप्ने र काट्ने विशेष पर्व नै स्थापित गरिएको छ । श्रावण शुक्ल चर्तुदशीका दिन रोपिने कुशलाई भाद्रकृष्ण औशी (कुशे औंसी)का दिन काट्ने गरिन्छ । धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार जालन्धर राक्षसकी पत्नी वृन्दाले विष्णुलाई श्राप दिने क्रममा झार र ढुंगााको जन्म होस भनेकाले विष्णुको कुशको रुपमा जन्म भएका उल्लेख छ ।

यसैगरी, ब्रह्माले उत्पत्ति गरेका विभिन्न सन्ततिहरु जस्तै कुशको पनि उत्पति गरेको र यसले ति सन्ततिलाई काम गर्न सहज होस भनेर उत्पत्ति गराएको पुराणहरुमा उल्लेख छ ।

कुशलाई औषधिय रुपमा प्रयोग गरिन्छ । कुशलाई मासुमा राखेर खाने हो भने उच्च रक्तचाप भएका तथा युरिक एसिड भएकालाई फाइदा पुग्ने आयुर्वेद चिकित्सक बताउँछन् । कुश घरको मुल ढोका बाहिर माथि झुण्डयाउदा खराब तत्वहरु घर भित्रिदैन भन्ने मान्यता वास्तुशास्त्रमा उल्लेख छ ।

कुशमा चुम्बीय शक्ति हुने हुँदा यसले मानव शरीरलाई स्थिर बनाउन ठूलो मद्दत गर्दछ । कुश धारण गर्दा आयु बढ्ने र प्रदूषित वातावरण नास गर्ने र यसलाई पानीमा डुबाउँदा पानी शुद्धीकरण हुन्छ । जप, पूजापाठ र यज्ञ गरिँदा त्यसबाट शक्ति रक्षा गरिदिने कुशलाई आसनको रुपमा प्रयोग गरिन्छ ।

जप, ध्यान, पूजा, हवन र श्रद्धा गर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानव देहलाई प्रभाव पार्न नसकोस, रोग फैलाउने भाइरसहरु निस्क्रिय होउन् भनेर कुशको प्रयोग गरिएको हो ।

ग्रहण लागेको समयमा दही, दूध, अन्न, पानी तथा अन्य खाद्य वस्तुहरुमा कुश राखिदिदिएमा ग्रहणकालमा निस्किएका अशुद्ध विकीरणको दुष्प्रभाव पर्दैन । कुण्डलीमा राहुको महादशा चल्दा पानीमा कुशको प्रयोग गरेर स्नान गर्दा यसको नकरात्मक असर कम हुने धार्मिक शास्त्रमा उल्लेख छ ।

कुशको वैज्ञानिक नाम Eragrostis cynosuroides हो । कुश पृथ्वीमा उम्रने भए पनि यसको बीउ अन्तरिक्षबाट आएको मान्यता पनि रहेको छ । एक धार्मिक मान्यता अनुसार कुशलाई जानकी सीताको कपाल पनि भनिन्छ । जब सीताले अयोध्यामा धर्ती समाधी लिन लागिन तब श्रीरामले सीतालाई रोक्न समाउन जाँदा केवल सीताको कपाल मात्र हातमा आयो र कालान्तरमा त्यही कपाल कुशमा परिणत भयो ।

कुश चौपायाको आहारमा कहिल्यै प्रयोग हुँदैन, त्यसकारण यो अमर छ र अमर हुनुका कारण पनि त्यत्तिकै सारगर्भित छन् । मानव शरीरलाई स्वस्थ र स्थिर राख्न कुशको महत्व त छँदैछ यसको उचित प्रयोग गरे समृद्धि समेत बढ्ने धार्मिक विद्वानहरुको कथन छ । उनीहरु कुशलाई रातो कपडामा बेरेर घरमा राख्नाले समृद्धि कायम रहन्छ ।

हुन पनि हरेक वर्षका कुशे औंसीमा भित्र्याइने कुशलाई रातो कपडाले बेरेर दलिन वा उच्च स्थानमा राख्ने चलन अहिले पनि छ । यति शक्तिशाली भएकै कारण कुनै विशेष कार्य गर्नुपर्दा कुशको चकटीमा बस्ने, कुसको औंठी लगाउने गरिन्छ । यसको एउटै कारण भनेको कुशमा भएको चुम्बकीय शक्तिले मानिसको मानसिक र शारीरिक सन्तुलन कायम राख्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.