राजनीति

मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने : मन्त्री चौधरी

शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताउनुभएको छ ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु बिजय हुनुपर्ने औल्याउनु भयो ।

उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरु एकजुट हुनुपरेको जिकिर गर्नुभयो ।

नेकपा एसका पोलिटब्यूरो सदस्य समेत रहनु भएको चौधरीले मुलुक सम्बृद्धिको बाटो अघि बढिरहेको बेला फेरी मुलुकमा गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेकपा एमालले कानुनी राज्यको धज्जी उडाउदै संसददीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसगँ गठबन्धन गर्नुभएको बताउनुभयो ।

शहरी विकास मन्त्री चौधरीले शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउदै जनतालाई उपभोक्ता मार्फत विकास निर्माणका काममा जोडेर अगाडि जाने नीति सरकारको रहेको बताउनुभयो ।

उहाँले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पटक पटक बुटवलको बदनाम गरेको आरोप लगाउदै यो निर्वाचनबाट पौडेललाई पत्तासाफ गर्ने ठोकुवा गर्नुभयो । पौडेल बालुवाटार प्रकरणदेखि विभिन्न गलत तत्वहरुसगँ साँठगाठ गरेको उहाँले बताउनुभयो ।

रुपन्देही क्षेत्र २ मा विष्णु पौडेलसगँ नेकपा एसका नेता राजु गुरुङ्ग भिड्ने बताउदै यो निर्वाचनबाट गठबन्धन बिजय हुने दाबी गर्नुभयो ।

कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्री र उपाध्यक्ष तेजेन्द्र केसीको कार्यक्रम संचालनका सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.