राजनीति

एकसय सिटभन्दा कम भए कांग्रेसले गठबन्धन गर्दैन

सत्ता गठबन्धनका पाँच दल आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि कसरत गरिरहेका बेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १०० सिट भन्दा कम लिएर कांग्रेसले गठबन्धन गर्न नसक्ने बताउनुभएको छ ।

शनिबार नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा डा. कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पार्नुभयो ।

पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने बताउँदै अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि उनले सिट संख्या १०० बाट घटाउन नसकिने बताउनुभएको हो ।

उहाँले कांग्रेस एक्ले चुनाव लड्न सक्षम रहेको स्पष्ट गर्दै भन्नुभयो ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.