राजनीति

अगाडि ‘बा’ भएकाहरु डोजर लिएर अघि बढिसके, पछाडि ‘बा’ भएकाहरुलाई विदा गरौं

नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले अब अगाडि बा भएकाहरु डोजर लिएर अघि बढिसकेकाले पछाडि बा भएकाहरुलाई विदा दिनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष लामिछानेले भन्नुभयो आज कुशे औंसी बाको मुख हेर्ने दिन पछाडि बा भएकाहरु केपी बा देउवा बा र नानीका बालाई विदा गर्नुपर्छ, अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके ।

लामिछानेले गाउँमा एउटा अस्पताल बनाउनु पर्यो भने कसैले चासो दिंदैन तर अस्पतालका उपकरण किन्नु पर्यो भने सबका आँखा र कान ठाडा हुने भन्दै त्यस्तो दिन सकिनुपर्ने र त्यस्तो राजनीति आफूले नसिक्ने बताउनुभयो ।

शनिबार राजधानीको खुलामञ्चमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई केही बाहरुले राजनीति सिकेर आउन उपदेश दिएको बताउँदै झमझम पानी परेका बेला पिच गर्ने र रमिता हेर्ने राजनीति नसिक्ने बताउँदै सो धारणा राख्नुभएको हो ।

राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भए पनि अहिले भने उनीहरुको काम घिनलाग्दो भएको र यस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताउनुभएको हो ।

लामिछानेले मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनको चुनावी तालमेलप्रति पनि कटाक्ष गर्दै पाँच दलीय गठबन्धन गरेर चुनाव लड्नु ठगी भएको बताउनुभयो ।

लामिछानेले भन्नुभयो बेथितिविरूद्ध, देशमा अराजकता भयो भने न्याय जोगाउन, संविधानको रक्षा गर्न गठबन्धन आवश्कता पर्दछ। दलहरू मिल्नुपर्दछ, गठबन्धन हुनुपर्दछ । तर चुनावमा यसरी टुक्राटाक्री परेका पाँच दलीय गठबन्धन गरी जनतामा जानु ठगी हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.