जापान

प्रधानमन्त्री आबेको पत्रकार सम्मेलन : पदबाट राजीनामा दिने अडकलबाजी

सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्ने कीर्तिमान राख्नुभएका शिन्जो आबेले आफ्नो स्वास्थ्यका कारण पदबाट राजीनामा दिने आँकलन गरिएको छ । शुक्रबार साँझ प्रधानमन्त्री आबेले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ । यही पत्रकार सम्मेलनमा उहाँले राजीनामा दिने अनुमान छ ।

प्रधानमन्त्री आबेकोले पत्रकार सम्मेलनमा कोरोना भाइरसका कारण उत्पन्न समस्या समाधानका लागि सरकारले आर्थिक तथा सामाजिक गतिविधिलाई जार राख्ने लगायत आफ्नोा स्वास्थ्यका बारेमा पनि जानकारी दिने सम्भावना रहेको एनएचकेले जनाएको छ ।

केही समययता प्रधानमन्त्री आबेको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको छ । उहाँ टोकियोको एक विश्वविद्यालय अस्पताल नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ । गत जुलाईदेखि उहाँको स्वास्थ्य कमजोर बन्दै गएको रअगस्टको सुरुवातमा धेरै खराब भएको थियो ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीमा प्रधानमन्त्री आबेको स्वास्थ्यलाई लिएर चिन्ता उत्पन्न भैरहेको छ । उहाँमा आन्द्राको पुरानो रोग बल्झिएको छ ।

https://www.nepaljapan.com/%E0%A4%B6%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9C%E0%A5%8B-%E0%A4%86%E0%A4%AC%E0%A5%87-%E0%A4%87%E0%A4%A4%E0%A4%BF%E0%A4%B9%E0%A4%BE%E0%A4%B8%E0%A4%AE%E0%A5%88-%E0%A4%B8%E0%A4%AC%E0%A5%88%E0%A4%AD/

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.