राजनीति

सिसिएमसीका कर्मचारीमा कोरोना संक्रमण : उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा

कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय रहेको छाउनीमा एक कर्मचारीमा कारोना संक्रमण भएपछि उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बस्नुभएको छ ।

समाचार अनुसार सिसिएमसी गैरहने दुबै मन्त्री त्यहाँ भित्र बाहिर गर्ने एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भपछि होम आइसोलेसनमा बस्नुभएको र अब पिसिआर परिक्षण पनि हुनेछ ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेसँगै भदौ १३ गतेका शनिबारका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित गरी १८ गते बस्ने भएको छ ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल होम आइसोलेसनमा बसेका कारण बैठक १३ गतेका लागि बोलाइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.