जल/वातावरण

उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित, काठमाडौंमा मात्र ३ सय ५० जना

पछिल्लो २४ घण्टामा देशभर ९ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका मध्ये काठमाडौं उपत्यकामा ४१५ जना रहेकामा काठमाडौं जिल्लामा मात्र ३५० जना छन् भने भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ भने २० हजार २२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् ।

देशभरमा १६ हजार १९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४४६ जना होम आइसोलेसनमा छन् ।

थपिएका संक्रमितमध्ये रुपन्देहीका ७२ जना, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६र१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३र१३ जना, सिराहाका १२ र नवलपुर, दैलेख र कैलालीका ११, ११ जना रहेका छन् ।

त्यस्तै डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४र४ जना, नुवाकोट र सल्यानका ३र३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २, २ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १र१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले वजाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.