राजनीति

असंवैधानिक कदमका मतियारलाई देउवाले उद्धार गरे

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनविरुद्धको आन्दोलन छोडेर असंवैधानिक कदमको मतियार भएकालाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको टिप्पणी गर्नुभएको छ ।

समाजवादी पार्टीले जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले ‘दलदलमा फसेका व्यक्तिहरू’ पार्टीबाट गएपछि जसपालाई राजनीतिक कोर्स, सङ्घीयता र लोकतन्त्रको मान्यता अगाडि बढाउन सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जसपा विभाजन भएको हैन, पार्टीबाट हटाइनु पर्ने व्यक्तिहरू आफैँ बाहिरिन पुगेका हुन् ।”

यादवले आरक्षण, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याको अधारमा समानुपातिक समावेसी, समाजिक न्यायको प्रत्याभूति गराउने न्याय प्रणालिको सवालमा संविधान संशोधन आवश्यक रहेको जिकिर गर्नुभयो ।

यादवले नेपालको राजनीतिक दलमा समाजवादी शब्दको स्वीकारोक्ती बढ्दै गएको प्रति खुशी व्यक्त गर्नुभयो । उहाँले भदौदेखि मङ्सिरसम्म पार्टीले शुरु गरेको अभियानमा योगदान गर्ने र काम गर्ने नेताहरूलाई मात्र पार्टीमा अवसर र पद प्राप्त हुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष यादवले समुन्नत समाजवादी लोकतन्त्रलाई संस्थागत गर्दै पूँजी र प्रविधि समयानुकूल प्रयोग गर्न सकिए देशबाट गरिबी र बेरोजगारीको अन्त्य हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.