राजनीति

काठमाडौँ–४ का लागि नेकपा (एस)बाट पाँच जनाको सिफारिस

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी), काठमाडौँ निर्वाचन क्षेत्र नं ४ समन्वय कमिटीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि पाँच जनालाई सिफारिस गरेको छ ।

कमिटीको शनिबार बसेको बैठकले काठमाडौँ जिल्ला कमिटीका कावा सचिव ध्रुवराज न्यौपाने, केन्द्रीय सदस्य रञ्जना मास्के, सीता ओझा र सीता श्रेष्ठ तथा बौद्धिक व्यक्तित्व ठाकुर खकुरेललाई प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि जिल्ला कमिटीलाई उम्मेदवारी सिफारिस गरेको हो ।

जिल्लाले प्रदेश कमिटीलाई भदौ १२ र प्रदेशले केन्द्रलाई १५ गतेभित्र सिफारिस गरी केन्द्रले २० गते उम्मेदवारी टुङ्गो लगाउने कार्यतालिका छ ।

सत्तारूढ दलबीच निर्वाचनमा गठबन्धन गर्ने सहमति भए पनि पार्टीको आन्तरिक तयारीस्वरूप प्रजातान्त्रिक ढङ्गले ती नाम सिफारिस गरिएको निर्वाचन क्षेत्रीय कमिटीका संयोजकसमेत रहनुभएका न्यौपानेले जानकारी दिनुभयो ।

बैठकले पार्टीप्रतिको निष्ठा, अनुशासन र सङ्गठन क्षमताका आधारमा ती नाम सिफारिस गरेको हो । पार्टीले कम्तीमा एक महिलासहित चार जनाको नाम सिफारिस गर्न भने पनि बैठकले पाँच जना नै योग्य देखिएको भनी ती नाम पठाएको बताइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ–४ अन्तर्गत काठमाडौँ महानगरपालिकाका १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.