राजनीति

अवैध संरचना हटाउने अभियानमै छु : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले केही दिनयता काठमाडौंमा बनेका अवैध संरचनाहरु हटाउने अभियानमा असन्तुष्टि जनाएको भनेर समाचारहरु बाहिरिएपछि आफू सोही अभियानममा रहेको बताउनुभएको छ ।

आफूमाथि निरन्तर नकारात्मक टिप्पणी हुन थालेपछि उपमेयर डंगोलले सामाजिक सञ्जालमार्फत एक अपिल सार्वजनिक गर्दै अवैध संरचना हटाउने महानगरको यो अभियानमा आफ्नो साथ, सहयोग र पूर्ण समर्थन रहेको बताउनुभएको छ ।

आफूमाथि भैरहेका टिप्पणीहरुप्रति असन्तुष्टि जनाउँदै उपमेयर डंगोलले उहाँलेमहानगरपालिकाले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताउँदै आफ्नो साथ, सहयोग र समर्थन रहेको बताउनुभएको हो ।

उपमेयर डंगोलले अपीलमाा लेख्नुभएको छ, “सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ । त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौं महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाडौँ महानगरपालिकाको यो अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।”

त्यस्तै संचारमाध्यममा आएका टिप्पणीहरुप्रति लक्षित गर्दै उहाँले “महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको बताउँदै पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताको ख्याल गर्न” अनुरोध समेत गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.