राजनीति

सत्ता गठबन्धनलाई राष्ट्रियसभाको चुनौति, नागरिकता विधेयक संसदीय समितिमा

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित पुनःविचार गर्न प्रतिनिधिसभामा पठाएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले संसदीय समितिमा पठाएको छ ।

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक गत भदौ २ गते प्रतिनिधिसभाले हुबहु पुन? पारित गरेको थियो । राष्ट्रिय सभाले भने छलफल आवश्यक पर्ने भन्दै संसदीय समितिमा पठाएको छ ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा प्रतिनिधि सभाबाट हुबहु पारित भएको नागरिकता विधेयक पेश भएपछि छलफलका लागि भन्दै विधायान व्यवस्थापन समितिमा पठाएको हो ।

बैठकको सुरुवातमा सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिले पठाएको नागरिकतासम्बन्धी सन्देश सभासमक्ष जानकारी गराउनुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते अपरान्ह ३ बजे बस्ने गरी स्थगित भएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.