जल/वातावरण

६ सय ४९ स्थानीय तहमा पाँच बेडको अस्पताल, ६४ करोड निकासा

मुलुक विश्वव्यापी कोभिड १९ को महामारीमा परिरहेका बेला स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका ६ सय ४९ स्थानीय तहमा ५ बेडको अस्पताल तत्काल बनाउन बजेट निकासा गरेको छ । यसरी सबै स्थानीय तहमा अस्पताल सेवा विस्तारका लागि सङ्घीय सरकारको यो पहिलो निर्णय हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शुक्रबार सो निर्णय गर्नुभएको हो । यो निर्णयसँगै अस्पताल नभएका ६४९ तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै शुरू हुनेछ । सोका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार नै रु ६४ करोड निकासा भएको छ ।

यी अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबिबिएस गरेका चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाइ नै दिइएको छ ।

मन्त्री ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसार निजी तथा सामूदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी आजै मन्त्री ढकालले नीतिगत निर्णय गर्नुुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.