जल/वातावरण

विगत २४ घण्टामा थपिए ८ सय ८४, कूल संक्रमितको सख्या ३७ हजार ३ सय ४०

शनिबार नेपालमा ८ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा नयाँ १८६ संक्रमित देखिएका छन् । काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित देखिएको र हालसम्म संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी गराएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा विगत २४ घण्टामा गरिएको पिसीआर परीक्षण नतिजा अनुसार शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि र कोरोना पुष्टि हुनेमा २ सय ४२ महिला र ६ सय ४२ जना पुरुष रहेका छन् ।

थपिएका संक्रमितहरुमा सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६/२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१/२१ जना, झापा र बाँकेका २०/२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/ १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.