जन सरोकार

शनिबार काठमाडौंमा मात्र ६ जना संक्रमितको मृत्यु, मृतकको संख्या २ सय ८

काठमाडौं उपत्यकामा कोरोना संक्रमण मात्र बढेको छैन दैनिक संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । शनिबार अपरान्हसम्म देशभर १३ जनाको मृत्यु भएकोमा ६ जना काठमाडौं उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका २, २ जनाको मृत्यु भएको छ ।

यस्तै पर्साका ३ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.