विश्व समाचार

भारतमा फेरि बढ्यो कोभिड–१९ सङ्क्रमण

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड ४४ हजार ८९९ पुगेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोभिड–१९ सङ्क्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १. ०३ प्रतिशत रहेको छ भने ९७.६३ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् ।

भारतमा दैनिक सङ्क्रमण दर २.४५ प्रतिशत रहेको र सङ्क्रमितको सङ्ख्या दैनिक १० हजारभन्दा बढीले वृद्धि भइरहेको छ । मन्त्रालयका अनुसार कोभिड–१९ निको भएका व्यक्तिहरूको सङ्ख्या तीन करोड १८ लाख २१ हजारभन्दा बढी पुगेको छ ।

अहिले सङ्क्रमित अवस्थामा रहेका विरामीमध्ये १.३४ प्रतिशतको अवस्था गम्भीर भएको र उनीहरूले देशको विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचार सेवा लिइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.