राजनीति

राप्रपा नेपालको चुनाव चिन्ह के होला ?

गाई चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भैरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई निर्वाचन आयोगले गाई नदिएर तीर चुनाव चिन्ह दिए पनि सर्वोच्च अदालतले भने सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

आइतबार सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तत्काल तीर चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासलले उक्त पार्टीलाई तीर चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “निर्वाचन आयोगले २०७९÷५÷८ गतेको तिर निर्वाचन चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्नु, नगराउनु ।”

अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले दुवै पक्षको छलफलका लागि यही भदौ १४ गते बोलाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.