राजनीति

चुच्चे नक्सासहितको सिक्का दिंदै ओलीले मिश्रलाई दिएको उपदेश

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रलाई चेल खेलेर आएको मान्छे बास्केटबल कोर्टमा गएपछि छलछाम गर्न जान्नुपर्छ भन्दै नआत्तिन सुझाव दिनुभएको छ ।

आइतबार साँझ ओलीलाई भेट्न बोल्कोट पुग्नुभएका मिश्रका जिज्ञासाहरुको उत्तर दिंदै ओलीले मिश्रलाई राजनीतिमा नआत्तिकन अघि बढ्न सुझाव दिनुभएको छ ।

ओलीसंगको छलफलपछि मिश्रले सामाजिक सञ्जालमा दुई नेताबीच भएका कुराकानीको सारसंक्षेप बताउँदै ओलीजीसंग अढाई घण्टा शीर्षक राखेर विवरण सार्वजनिक गर्नुभएको छ ।

मिश्रको भनाई जस्ताको तस्तै-

“तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ?” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।”

उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ। ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो।

आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।

सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”

अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.