कला/मनोरन्जनकलिउड

अभिनेत्री ऋचा शर्माले ‘मिसेस् नेपाल पिस’को ब्राण्ड एम्बेसडर

महिला विरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको ‘मिसेस् नेपाल पिस’को ब्राण्ड एम्बेसडरमा अभिनेत्री ऋचा शर्मा नियुक्त भएकी छिन् ।

‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज संभव छैन । त्यसमाथि पनि हिंसा रहित समाजको निर्माण नभईकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यही विषयलाई मुख्य थिम बनाएर ‘मिसेस् नेपाल पिस २०२२’ आयोजना हुन लागेको हो ।

प्रतियोगिताको ब्यावस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जानकारी दिएको छ ।

‘मिसेस् नेपाल पिस’ जुनै उमेर समुहका विवाहित, डिभोर्सी लगायत महिलाले सहभागीता जनाउन सक्नेछन् । कुनै तौल, उचाईंको मापदण्ड पनि नभएको आयोजकले जनाएको छ ।

विवाहित नारीहरुको माध्यमबाट महिला विरुद्ध हुने हरेक खालको हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यस विरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण प्रतियोगिताले गर्ने आयोजको बिश्वास रहेको छ ।

एमी इन्टरटेन्मेन्ट र जिभा इन्कोर्परेटेडको ब्यानरमा आयोजना हुने यस प्रतियोगितालाई युहान इन्टरनेसनल इभेन्ट्सले व्यवस्थापन गर्नेछ ।

प्रतियोगिताको कोरियोग्राफरका रुपमा संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्य रहेको मिसेस् नेपाल पिसको पहिलो संस्करणको अडिसन राउन्ड यही भदौ १८ गते शनिबारका जमलस्थित राष्ट्रिय नाचघरमा तोकिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.